तेह्रथुम, २ माघ । एकिकृत नेकपा माओवादी जिल्ला कमिटी तेह्रथुमले जिल्ला
सम्मेलन सकिएको लामो समयपछि बल्ल पदाधिकारीको टुंगो लगाएको छ ।
शनिबार सदरमुकाम म्याङलुङमा बसेको सम्मेलन
पछिको तेस्रो पुर्ण बैठकले जिल्ला कमिटीको उपाध्यक्षमा इन्द्रप्रकाश इम्सङ,
सचिवमा तारा भट्राई, सहसचिवमा तेजमान कन्दङवा र कोषाध्यक्षमा बलिराज
ईङ्नामलाई सर्वसहमतिले चयन गरेको छ । जिल्ला कमिटी सदस्यहरुमा सलबहादुर
तिवारी, हरि खनाल, गणेश विमली, नन्द नेपाली, रमेश घिमिरे, ईश्वर श्रेष्ठ,
छिरिङ लामा, पुर्णबहादुर आंखेवा र विमला फुएल चयन हुनुभएको छ । यस्तै
प्रदेश समितिमा फुर्वी शेर्पा र रघु गौतमलाई प्रतिनिधि पठाउने निर्णय गरेको
छ ।
बैठकले पदाधिकारीसहित जिल्ला कमिटी
सदस्यहरुको एक तिहाई संख्या अनुसार १७ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।
एमाओवादी एक नम्बर प्रदेश समितिका सचिव तथा पोलिट व्युरो सदस्य सुरेश राई
हिमालको आतिथ्यतामा बसेको बैठकले आउँदो चैत्र सम्ममा सबै जनवर्गीय संगठन र
जातीय मोर्चाको जिल्ला सम्मेलन गरिसक्ने, जिल्ला व्यापी रुपमा तीन महिने
संगठन सुदृढिकरण अभियान चलाउने र जिल्लाको विकास निर्मा
णको काममा प्रभावकारी तथा पारदर्शिता अपनाउन जोड दिने निर्णय गरेको बताइएको छ ।
दुई वर्ष अघि सम्पन्न भएको दोस्रो जिल्ला सम्मेलनले दुर्गाप्रसाद चापागाई सचिनलाई अध्यक्ष चयन गरेपनि बाँकी पदाधिकारी छान्न सकेको थिएन ।
दुई वर्ष अघि सम्पन्न भएको दोस्रो जिल्ला सम्मेलनले दुर्गाप्रसाद चापागाई सचिनलाई अध्यक्ष चयन गरेपनि बाँकी पदाधिकारी छान्न सकेको थिएन ।
एमाओवादी जिल्ला कमिटी तेह्रथुमको विस्तार तथा कार्यकर्ता प्रशिक्षणकालागि
आउनुभएका प्रदेश सचिव राईले संचारकर्मीसँग कुरा गर्दै एमाओवादीले लिएको
राजनीतिक विचार र कार्यदिशाबाट आगामी निर्वाचनमा एमाओवादी सबैभन्दा ठुलो
पार्टी हुने बताउनुभयो ।
उहाँले दोस्रो संविधानसभाको निर्वाचन पछि कमजोर संगठन व्यवस्थापन र फुटका कारण कमजोर देखिएको भएपनि हालको राष्ट्रिय राजनीति र सरकारको कार्यदिशा समेत एमाओवादीको विचार धाराबाट निर्देशित रहेको बताउनुभयो ।
उहाँले दोस्रो संविधानसभाको निर्वाचन पछि कमजोर संगठन व्यवस्थापन र फुटका कारण कमजोर देखिएको भएपनि हालको राष्ट्रिय राजनीति र सरकारको कार्यदिशा समेत एमाओवादीको विचार धाराबाट निर्देशित रहेको बताउनुभयो ।
उहाँले फुटका कारण नेपालमा माओवादीहरु कमजोर बनेको स्वीकार्दै यथासिघ्र मणि
थापा नेतृत्वको माओवादी र बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबीच पार्टी
एकिकरण हुने बताउनुभयो । उहाँले विप्लव नेतृत्वको माओवादीसँग भने अहिल्यै
पार्टी एकिकरणको सम्भावना नदेखिएको बताउनुभएको छ ।
No comments:
Post a Comment