Saturday, October 22, 2016

गाउँ पस्दै राप्रपा नेपाल




तेह्रथुम । तीनजुरे टाइम्स। पार्टीका गाउँ तथा नगर कार्यसमितिहरुको अधिवेशन गर्न राप्रपा नेपाल जिल्ला कार्यसमितिले विभिन्न पाँच वटा टोली नै बनाई गाउँ जाने भएको छ ।
बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्लाका २ नगरपालिका र २१ वटै गाविसका कार्यसमितिहरुको पुनःगठन तथा अधिवेशन सम्पन्न गर्न विभिन्न पाँच वटा टोली बनाएको हो ।
बैठकले पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक बासुदेव भट्टराई, नेताहरु केशव ढुंगाना, भैरव सिटौला (जीवन), पदम तुम्बाहाम्फे र लैन तुम्बाहाम्फको संयोजकत्वका छुट्टा–छुट्टै टोली बनाई गाउँ तथा नगर कार्यसमितिको अधिवेशनको जिम्मेवारी बाँडफाँड गरेको हो ।
बैठकले टोलीहरुलाई कात्तिक २४ गते भित्रमा सबै गाउँ तथा नगर कार्यसमितिहरुको अधिवेशन गराई सक्न निर्देशन गरेको छ । गाउँ तथा नगरहरुको अधिवेशन सकेपछि कात्तिक २५ गते बस्ने जिल्ला कार्यसमितिको बैठकले पार्टीको जिल्ला अधिवेशनको मिति तय गर्ने जिल्ला अधिवेशन आयोजक समितिका सदस्य भैरव सिटौलाले जानकारी दिए ।
बैठकले हाललाई पार्टीको कार्यालय सन्चालनको जिम्मा कृष्णनारायण ढुंगानालाई दिएको छ । पार्टीको जिल्ला कार्यसमितिका तत्कालिन पदाधिकारीहरु विवाद भएपछि राप्रपा नेपाल जिल्ला कार्यसमितिभित्र खटपट उत्पन्न भएको थियो ।
तत्कालिन जिल्ला अध्यक्ष पृथ्वीबहादुर तुम्बाहाम्फेले पार्टीको विधि विधान विपरीत गतिविधि गरेको भन्दै तत्कालिन सचिव केशव ढुंगानालाई पार्टीबाट निष्काशन गरेका थिए । सो विवादलाई सुल्झाउन केन्द्रिय समितिले तत्कालिन जिल्ला कार्यसमितिलाई विघठन गर्दै केन्द्रिय सदस्य बाँसुदेव भट्टराईको संयोजकत्वमा ३ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति बनाइदिएको थियो । सो समितिलाई विस्तार गरी अहिले ३१ सदस्यीय आयोजक समिति निर्माण गरिएको सदस्य सिटौलाले बताए ।
अहिले नेता भट्टराई संयोजकत्वको समितिमा पृथ्वी बहादुर तुम्बाहाम्फे, केशव ढुंगाना, भैरव सिटौला, पदम तुम्बाहाम्फे, लैनबहादुर तूम्बाहाम्फे, कृष्णनारायण ढुंगाना, सुर्यनारायण ढुंगाना, विमला दाहाल, शोभा दाहाल, चित्रकला कार्की, पुर्णबहादुर रसाइली, भक्तबहादुर कटुवाल, पुण्यप्रसाद सुवेदी, दिलिप निरौला, नारायण कोइराला, भिम ढुंगाना, तोयानाथ भट्टराई, आशा लिम्बू, धनमाया सुवेदी, केशव भट्टराई, तिर्थराज भट्टराई, डिकबहादुर खड्का, प्रेम खड्का, रुद्र भट्टराई, अग्नी बाँस्तोला, डिल्ली उप्रेती, बालकृष्ण चिमरिया, यामप्रसाद बाँस्तोला, सानुकुमार लिम्बु र नरप्रसाद उप्रेती रहनुभएको छ । पार्टीको जिल्ला अधिवेशन मंसिर मशान्तभित्रै हुने संयोजक भट्टराईले बताए ।

के तपाई पत्रकारितामा रुचि राख्नुहुन्छ ?

कि स्थानीय तथा राष्ट्रिय पत्र-पत्रिकामा काम गर्न इच्छुक हुनुहुन्छ ?

यदि त्यसो हो भने कोशी पहाडमै पहिलो पटक तेह्रथुम जिल्लाबाट प्रकाशित तीनजुरे टाइम्स दैनिकले छापा पत्रकारितामा समाचार संकलन गर्न, लेख्न र रिपोटिङ गर्ने दक्ष जनशक्ति उत्पादन गरी पत्रकारिताको विकासमा टेवा पुर्याउने उद्देश्यले यही मिति २०७३ साल कात्तिक २६ गते शुक्रबारबाट सदरमुकाम म्याङलुङ्गमा छापा पत्रकारिता सम्बन्धी तालिम सन्चालन गर्दैछ । तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुले मिति २०७३ साल कात्तिक २४ गते भित्र सर्म्पर्क गरी आवेदन दिनुहुन अनुरोध गरिन्छ ।
शर्तहरु -
• तालिममा सहभागी हुन इच्छुक व्यक्ति कम्तिमा एसएससी उत्तर्ीण्ा गरेको नेपाली नागरिक हुनुपर्नेछ ।
• सहभागीलाई खाना, खाजा र आवासको व्यवस्था आयोजकलेे गर्नेछ ।
• तालिमका उत्कृष्ट सहभागीलाई काम गर्ने अवसर दिइनेछ ।
• सहभागिलाई प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
• आवेदन शुल्क रु. ५,०००।- मात्र लाग्नेछ ।

थप जानकारीका लागि - तीनजुरे टाइम्स दैनिकको कार्यालय, म्याङलुङ्ग नगरपालिका-१, लोकतान्त्रिक चोक, तेह्रथुम, फोन - ०२६-४६०१५०
• अध्यक्ष, प्रबन्ध निर्देशक तथा सम्पादक - उद्धव तिम्सीना ९८५२०५३१९९
• कार्यकारी सम्पादक - प्रकाश धौलाकोटी ९८५२०६०९०८
• कोषाध्यक्ष- दिपक कट्टेल ९८५२०५०२०९

Wednesday, June 15, 2016

समृद्ध तेह्रथुम निर्माणमा एमाले : अध्यक्ष तिवारी



एमालेले अायोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित एमाले नेताहरु  -tl:j/ M tLgh'/] kf]i6_

k|sfz wf}nfsf]6L -tLgh'/] kf]i6_
t]x|y'd, ! c;f/ . g]skf Pdfn]sf] gjlgjf{lrt g]t[Tjn] ca lhNnfsf] cfly{s tyf ;fdflhs ?kfGt/0f;lxt ;d[4 t]x|y'd lgdf{0fsf] cleofg yfNg] hgfPsf] 5 . 

gjlgjf{lrt cWoIf nId0f ltjf/Ln] d+unaf/ kqsf/ ;Dd]ngdfkm{t Ps k|]z lj1KtL hf/L ub}{ lhNnfdf kf6L{sf] bzf}F lhNnf clwa]zgaf6 lgjf{lrt g]t[Tjn] kf6L{nfO{ ultzLn ;'b[9 ;+u7g lgdf{0f ug]{ / lhNnfsf] cfly{s ;fdflhs ?kfGt/0f ug]{ tkm{ pGd'v x'g] hfgsf/L lbP .
pgn] ;d[4 t]x|y'd lgdf{0fsfnflu kf6L{ g]t[Tjn] lnPsf] lg0f{odf ljrlnt geO{ Ps;fy h'6\g ;d]t cfu|x u/] . gjlgjf{lrt lhNnf sld6Lsf kbflwsf/L, ;b:o / Pdfn] g]tfx?;d]t pkl:yt kqsf/ ;Dd]ngdf cWoIf ltjf/Ln] ;d[4 t]x|y'd lgdf{0fsfnflu Pdfn]n] lnPsf Ph]08f k'/f ug{ h'g;'s} d'No r'sfpgklg kl5 gx6\g] atfP . 

pgn] jt{dfg ;/sf/n] NofPsf] nf]slk|o ah]6 tyf sfo{qmdn] klg cfd g]kfnLnfO{ cleefjsTj lbPsf] bfaL ub}{ lhNnfsf] ;d[l4sfnflu s[lifsf] Joj;flos/0f, ko{6g / k'jf{wf/ ljsf;df hf]8 lbOg] atfP . ;DefJotf cWoogsf] sfd eO/x]sf] tdf]/ hnfzoo'Qm laB't cfof]hgf lgdf{0fdf 86]/ nfUg] eGb} ;f] cfof]hgf dfqklg lgdf{0f eP lhNnfsf] eljio pHjn aGg] cWoIf ltjf/Ln] wf/0ff /fv] . 

ltjf/Ln] lhNnfnfO{ lr/]/ uPsf] dWokxf8L k'iknfn nf]sdfu{ / sf]zL /fhdfu{sf] e/k'/ ;b'kof]u ub}{ s[lif / ko{6gsf] Joj;foLs/0faf6 lhNnfsf] cfly{s ;d[l4 ;Dej ePsf] atfP .

Saturday, January 16, 2016

एमाओवादी जिल्ला कमिटीले पूर्णता पायो, आगामी निर्वाचनमा एमाओवादी सबैभन्दा ठुलो पार्टी बन्छः हिमाल

2
प्रकाश धौलाकोटी
तेह्रथुम, २ माघ । एकिकृत नेकपा माओवादी जिल्ला कमिटी तेह्रथुमले जिल्ला सम्मेलन सकिएको लामो समयपछि बल्ल पदाधिकारीको टुंगो लगाएको छ ।
शनिबार सदरमुकाम म्याङलुङमा बसेको सम्मेलन पछिको तेस्रो पुर्ण बैठकले जिल्ला कमिटीको उपाध्यक्षमा इन्द्रप्रकाश इम्सङ, सचिवमा तारा भट्राई, सहसचिवमा तेजमान कन्दङवा र कोषाध्यक्षमा बलिराज ईङ्नामलाई सर्वसहमतिले चयन गरेको छ । जिल्ला कमिटी सदस्यहरुमा सलबहादुर तिवारी, हरि खनाल, गणेश विमली, नन्द नेपाली, रमेश घिमिरे, ईश्वर श्रेष्ठ, छिरिङ लामा, पुर्णबहादुर आंखेवा र विमला फुएल चयन हुनुभएको छ । यस्तै प्रदेश समितिमा फुर्वी शेर्पा र रघु गौतमलाई प्रतिनिधि पठाउने निर्णय गरेको छ ।
1
बैठकले पदाधिकारीसहित जिल्ला कमिटी सदस्यहरुको एक तिहाई संख्या अनुसार १७ सदस्यीय सचिवालय समेत गठन गरेको छ । एमाओवादी एक नम्बर प्रदेश समितिका सचिव तथा पोलिट व्युरो सदस्य सुरेश राई हिमालको आतिथ्यतामा बसेको बैठकले आउँदो चैत्र सम्ममा सबै जनवर्गीय संगठन र जातीय मोर्चाको जिल्ला सम्मेलन गरिसक्ने, जिल्ला व्यापी रुपमा तीन महिने संगठन सुदृढिकरण अभियान चलाउने र जिल्लाको विकास निर्मा
णको काममा प्रभावकारी तथा पारदर्शिता अपनाउन जोड दिने निर्णय गरेको बताइएको छ ।
दुई वर्ष अघि सम्पन्न भएको दोस्रो जिल्ला सम्मेलनले दुर्गाप्रसाद चापागाई सचिनलाई अध्यक्ष चयन गरेपनि बाँकी पदाधिकारी छान्न सकेको थिएन ।
DSCF4845 यसैबीच एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा प्रदेश समितिका सचिव सुरेश राई हिमालले आगामी निर्वाचन पछि एमाओवादी पार्टी देशको सबैभन्दा ठुलो पार्टी हुने दाबी गर्नुभएको छ ।
एमाओवादी जिल्ला कमिटी तेह्रथुमको विस्तार तथा कार्यकर्ता प्रशिक्षणकालागि आउनुभएका प्रदेश सचिव राईले संचारकर्मीसँग कुरा गर्दै एमाओवादीले लिएको राजनीतिक विचार र कार्यदिशाबाट आगामी निर्वाचनमा एमाओवादी सबैभन्दा ठुलो पार्टी हुने बताउनुभयो ।
उहाँले दोस्रो संविधानसभाको निर्वाचन पछि कमजोर संगठन व्यवस्थापन र फुटका कारण कमजोर देखिएको भएपनि हालको राष्ट्रिय राजनीति र सरकारको कार्यदिशा समेत एमाओवादीको विचार धाराबाट निर्देशित रहेको बताउनुभयो ।
उहाँले फुटका कारण नेपालमा माओवादीहरु कमजोर बनेको स्वीकार्दै यथासिघ्र मणि थापा नेतृत्वको माओवादी र बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबीच पार्टी एकिकरण हुने बताउनुभयो । उहाँले विप्लव नेतृत्वको माओवादीसँग भने अहिल्यै पार्टी एकिकरणको सम्भावना नदेखिएको बताउनुभएको छ ।