समृद्ध तेह्रथुम निर्माणमा एमाले : अध्यक्ष तिवारी
प्रकाश धौलाकोटी (तीनजुरे पोष्ट)
तेह्रथुम, १ असार । नेकपा एमालेको नवनिर्वाचित नेतृत्वले अब जिल्लाको आर्थिक तथा सामाजिक रुपान्तरणसहित समृद्ध तेह्रथुम निर्माणको अभियान थाल्ने जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष लक्ष्मण तिवारीले मंगलबार पत्रकार सम्मेलनमार्फत एक प्रेश विज्ञप्ती जारी गर्दै जिल्लामा पार्टीको दशौँ जिल्ला अधिबेशनबाट निर्वाचित नेतृत्वले पार्टीलाई गतिशील सुदृढ संगठन निर्माण गर्ने र जिल्लाको आर्थिक सामाजिक रुपान्तरण गर्ने तर्फ उन्मुख हुने जानकारी दिए ।
उनले समृद्ध तेह्रथुम निर्माणकालागि पार्टी नेतृत्वले लिएको निर्णयमा विचलित नभई एकसाथ जुट्न समेत आग्रह गरे । नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी, सदस्य र एमाले नेताहरुसमेत उपस्थित पत्रकार सम्मेलनमा अध्यक्ष तिवारीले समृद्ध तेह्रथुम निर्माणकालागि एमालेले लिएका एजेण्डा पुरा गर्न जुनसुकै मुल्य चुकाउनपनि पछि नहट्ने बताए ।
उनले वर्तमान सरकारले ल्याएको लोकप्रिय बजेट तथा कार्यक्रमले पनि आम नेपालीलाई अभिभावकत्व दिएको दाबी गर्दै जिल्लाको समृद्धिकालागि कृषिको व्यवसायिकरण, पर्यटन र पुर्वाधार विकासमा जोड दिइने बताए । सम्भाव्यता अध्ययनको काम भइरहेको तमोर जलाशययुक्त बिद्युत आयोजना निर्माणमा डटेर लाग्ने भन्दै सो आयोजना मात्रपनि निर्माण भए जिल्लाको भविष्य उज्वल बन्ने अध्यक्ष तिवारीले धारणा राखे ।
तिवारीले जिल्लालाई चिरेर गएको मध्यपहाडी पुष्पलाल लोकमार्ग र कोशी राजमार्गको भरपुर सदुपयोग गर्दै कृषि र पर्यटनको व्यवसायीकरणबाट जिल्लाको आर्थिक समृद्धि सम्भव भएको बताए ।
'तिनजुरे पोष्ट' को यात्रा औपचारिक रुपमै प्रारम्भ
| पत्रिका लोकार्पण गर्दै प्रजिअ वस्ती । तस्विर : तिनजुरे पोस्ट |
तेह्रथुम (तिनजुरे पोष्ट) । तेह्रथुमको सदरमुकाम म्याङलुङबाट तिनजुरे पोष्ट नामक अर्धसाप्ताहिक समाचार मूलक पत्रिकाको प्रकाशन आरम्भ भएको छ । हरेक घर सत्य तथ्य निष्पक्ष सूचना र जनचेतनाको लहर भन्ने ध्येयले सन्चालित पत्रिकाको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले आज एक कार्यक्रमका बीच लोकार्पण गर्नुभयो ।
जिल्ला विकास समितिको हलमा भएको कार्यक्रममा जिल्लामै पहिलो पटक
अर्धसाप्ताहिक रुपमा प्रकाशन आरम्भ भएको पत्रिकाको लोकार्पण गर्दै प्रजिअ
वस्तीले पत्रिकाको निरन्तरता र छिट्टै पाठकको मन जित्न शुभेच्छा दिनुभयो ।
पत्रिकाका माध्यमबाट जनतामा सुसुचित गराई जिल्लाको शान्ति, सुरक्षा सुसासन र
विकास निर्माण लगायतमा पनि सहयोग पुर्याउन उहाँले सुझाउनुभयो ।
कार्यक्रममा बोल्दै पुर्व जिविस सभापति किशोरचन्द्र दुलालले पनि पहिलो पटक
अर्धसाप्ताहिक रुपमा प्रकाशन थालिएको पत्रिकाको उन्नति र प्रगतिको कामना
साथै निरन्तरता दिन सुझाव दिनुभयो । उहाँले जिल्लामा यसअघि पनि आधा दर्जन
बढी साप्ताहिक पत्रिका सुरुवात भएको तर निरन्तर नभएको स्मरण गराउदै
पत्रिकाको निरन्तरताका लागि आवश्यक सहयोग पुर्याउने सरोकारवालाहरुलाई
आव्हान समेत गर्नुभयो ।
यस्तै स्थानीय शान्ति समितिका संयोजक देउनारायण सम्बाहाम्फेले पनि
पत्रिकाको निरन्तरता र सत्य, तथ्य सूचना सम्प्रेषण गर्न तथा पाठकको मन
जित्न शुभकामना दिनुभयो । पत्रकार महासंघ तेह्रथुमका पुर्व सभापति तथा
उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र काफ्लेले जिल्लाको पत्रकारिताको
इतिहास कोट्याउदै पत्रिकाहरु स्थापना भएर पनि निरन्तर सन्चालन हुन नसक्नुको
एउटै कारण आर्थिक समस्या रहेको बताउनुभयो । उहाँले पहिलो पटक सुरु भएको
अर्धसाप्ताहिक खबर पत्रिका तिनजुरे पोष्टको निरन्तरता र सत्य तथ्य सूचनाहरु
निष्पक्ष ढंगले सम्प्रेषण गरी पाठकको मन जित्न सुझाव दिनुभयो ।
गैरसरकारी संस्था महासंघका जिल्ला सचिव सन्तोष तिगेलाले जिल्लामा रहेका
गैरसरकारी संघसंस्थाहरु सधै पत्रकार र पत्रिका सँग साझेदार गरिरहने बताउदै
जनताको सूचनाको अधिकार पुर्ति गर्ने विषयमा गम्भीर हुन र पत्रिकाको
निरन्तरतालाई जोड दिन सुझाव दिदै शुभकामना दिनुभयो ।
पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष उद्धव तिम्सीनाले पहिलो पटक सुरु भएको
अर्धसाप्ताहिक पत्रिकाको निरन्तरताका लागि शुभकामना दिदै पत्रिकाको
निरन्तरताकालागि सोच्न सुझाव दिनुभयो । कार्यक्रमको सुरुमा पत्रिकाका
कार्यकारी सम्पादक प्रकाश धौलाकोटीले पत्रिका प्रकाशनको उदेश्य, चुनौती र
सम्भावनाका विषयमा प्रष्ट पार्नुभएको थियो ।
बालिका करणी गर्ने प्रहरी फन्दामा
दश रुपैयाँ दिएर ललाई फकाई करणी गरेको खुलासा
तेह्रथुम (तीनजुरे पोष्ट) । दश वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको
आरोपमा तेह्रथुमको लालीगुरा“स नगरपालिका–१, रातोपाटीका ३९ वर्षीय झमक
गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
लालीगुराँस नगरपालिका–९, लसुने स्थित ससुरालीमा टिका लगाउन गएका गुरुङले
गएको शुक्रबार सांझ करिब ६ बजे सुस्त मनस्थिति भएकी बालिकालाई १० रुपैयां
दिएर ललाईफकाई करणी गरेको इलाका प्रहरी बसन्तपुरका प्रहरी निरीक्षक
गीतनारायण चौधरीले जानकारी दिनुभयो ।
बालिकाकी आमा घांंस काट्न गएका बेला घर नजिकैको गोठमा गुरुङले बालिकालाई
जबरजस्ती गरेको भन्दै आफन्तले प्रहरीलाई किटानी जाहेरी दिएपछि प्रहरीले
गुरुङलाई पक्राउ गरेको हो ।
बैँकिङ प्रणालीले भत्ता लिन सास्ती
तेह्रथुम (तीनजुरे पोष्ट) । सरकारले बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक तथा अपांगता भएकालाई सेवा भन्दा बढी सास्ती भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण शुरु गरेपछि ज्येष्ठ नागरिहरुले समयमा भत्ता पाउन नसकेको गुनासो गरेका छन् ।
सरकारले सामाजिक सुरक्षा भत्ता वितरणका लागि अनिवार्य बैंकिङ प्रणाली लागू गर्न निर्देशन गरेपनि यो प्रणाली सेवा भन्दा बढी सास्ती हुने भएको ज्येष्ठ नागरिकको गुनासो छ । दशैँको मुखमा त्यसै पनि बैँकमा भीड लाग्ने गर्छ ।
त्यसमाथि सामाजिक सुरक्षा भत्ता समेत बैँकबाटै वितरण हुँदा भत्ता लिन ३ दिन
सम्म बैँक धाउनुपर्ने बाध्यता ज्येष्ठ नागरिकलाई आइलागेको छ । जिल्लामा
हालसम्म गाविसले बैंकिङ प्रणाली लागू नगरेपनि नगरपालिकाले बैँकमार्फत भत्ता
वितरण गर्दै आएको छ ।
शारीरिक रुपमा अशक्त बनेका वृद्धवृद्धा दुई दिन देखि सदरमुकाम म्याङलुङको नेपाल राष्ट्रिय बैँकमा भत्ता थाप्न लाइनमा बस्दै आएका छन् । १० बज्नु अघि बाटै लाइन बस्नेको भीड लाग्ने गरेको छ । भत्ता लिन बैँक धाएको दुई दिन सम्म पनि साँझपख सम्म उभिएपछि भोलि आउनु भन्ने आदेश पाएर घर फर्कदै गरेकी नगरपालिका १० साब्लाकी ७५ वर्षीय ठुलीमाया दर्जीले भन्नुभयो– भत्ता थापेर दशैँलाई चामल किनौँ भनेको तर आज पनि भएन, भोलि आउनु रे ।
दर्जीले भन्नुभयो–पहिले गाउँमै गाविसले दिन्थ्यो, सजिलो थियो । अहिले
बैंकमा दिन थालेपछि भत्ता लिन धेरै गाह्रो भयो । म त दिदैनन् कि भन्ने शंका
पो लाग्छ ?
नगर अधिकृत सुरेन्द्र थापामगरले यस्तो प्रणालीले सेवाग्राहीलाई सास्ती भएपनि सरकारले नै अनिवार्य भनेकोले गर्नैपर्ने बाध्यता भएको बताउनुभयो ।
सम्बन्धित समाचारहरु :-
म्याङलुङका दुर्इ मन्दिर सरसफार्इ
म्याङलुङका दुर्इ मन्दिर सरसफार्इ

No comments:
Post a Comment