Saturday, October 22, 2016

गाउँ पस्दै राप्रपा नेपाल




तेह्रथुम । तीनजुरे टाइम्स। पार्टीका गाउँ तथा नगर कार्यसमितिहरुको अधिवेशन गर्न राप्रपा नेपाल जिल्ला कार्यसमितिले विभिन्न पाँच वटा टोली नै बनाई गाउँ जाने भएको छ ।
बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्लाका २ नगरपालिका र २१ वटै गाविसका कार्यसमितिहरुको पुनःगठन तथा अधिवेशन सम्पन्न गर्न विभिन्न पाँच वटा टोली बनाएको हो ।
बैठकले पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक बासुदेव भट्टराई, नेताहरु केशव ढुंगाना, भैरव सिटौला (जीवन), पदम तुम्बाहाम्फे र लैन तुम्बाहाम्फको संयोजकत्वका छुट्टा–छुट्टै टोली बनाई गाउँ तथा नगर कार्यसमितिको अधिवेशनको जिम्मेवारी बाँडफाँड गरेको हो ।
बैठकले टोलीहरुलाई कात्तिक २४ गते भित्रमा सबै गाउँ तथा नगर कार्यसमितिहरुको अधिवेशन गराई सक्न निर्देशन गरेको छ । गाउँ तथा नगरहरुको अधिवेशन सकेपछि कात्तिक २५ गते बस्ने जिल्ला कार्यसमितिको बैठकले पार्टीको जिल्ला अधिवेशनको मिति तय गर्ने जिल्ला अधिवेशन आयोजक समितिका सदस्य भैरव सिटौलाले जानकारी दिए ।
बैठकले हाललाई पार्टीको कार्यालय सन्चालनको जिम्मा कृष्णनारायण ढुंगानालाई दिएको छ । पार्टीको जिल्ला कार्यसमितिका तत्कालिन पदाधिकारीहरु विवाद भएपछि राप्रपा नेपाल जिल्ला कार्यसमितिभित्र खटपट उत्पन्न भएको थियो ।
तत्कालिन जिल्ला अध्यक्ष पृथ्वीबहादुर तुम्बाहाम्फेले पार्टीको विधि विधान विपरीत गतिविधि गरेको भन्दै तत्कालिन सचिव केशव ढुंगानालाई पार्टीबाट निष्काशन गरेका थिए । सो विवादलाई सुल्झाउन केन्द्रिय समितिले तत्कालिन जिल्ला कार्यसमितिलाई विघठन गर्दै केन्द्रिय सदस्य बाँसुदेव भट्टराईको संयोजकत्वमा ३ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति बनाइदिएको थियो । सो समितिलाई विस्तार गरी अहिले ३१ सदस्यीय आयोजक समिति निर्माण गरिएको सदस्य सिटौलाले बताए ।
अहिले नेता भट्टराई संयोजकत्वको समितिमा पृथ्वी बहादुर तुम्बाहाम्फे, केशव ढुंगाना, भैरव सिटौला, पदम तुम्बाहाम्फे, लैनबहादुर तूम्बाहाम्फे, कृष्णनारायण ढुंगाना, सुर्यनारायण ढुंगाना, विमला दाहाल, शोभा दाहाल, चित्रकला कार्की, पुर्णबहादुर रसाइली, भक्तबहादुर कटुवाल, पुण्यप्रसाद सुवेदी, दिलिप निरौला, नारायण कोइराला, भिम ढुंगाना, तोयानाथ भट्टराई, आशा लिम्बू, धनमाया सुवेदी, केशव भट्टराई, तिर्थराज भट्टराई, डिकबहादुर खड्का, प्रेम खड्का, रुद्र भट्टराई, अग्नी बाँस्तोला, डिल्ली उप्रेती, बालकृष्ण चिमरिया, यामप्रसाद बाँस्तोला, सानुकुमार लिम्बु र नरप्रसाद उप्रेती रहनुभएको छ । पार्टीको जिल्ला अधिवेशन मंसिर मशान्तभित्रै हुने संयोजक भट्टराईले बताए ।

के तपाई पत्रकारितामा रुचि राख्नुहुन्छ ?

कि स्थानीय तथा राष्ट्रिय पत्र-पत्रिकामा काम गर्न इच्छुक हुनुहुन्छ ?

यदि त्यसो हो भने कोशी पहाडमै पहिलो पटक तेह्रथुम जिल्लाबाट प्रकाशित तीनजुरे टाइम्स दैनिकले छापा पत्रकारितामा समाचार संकलन गर्न, लेख्न र रिपोटिङ गर्ने दक्ष जनशक्ति उत्पादन गरी पत्रकारिताको विकासमा टेवा पुर्याउने उद्देश्यले यही मिति २०७३ साल कात्तिक २६ गते शुक्रबारबाट सदरमुकाम म्याङलुङ्गमा छापा पत्रकारिता सम्बन्धी तालिम सन्चालन गर्दैछ । तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुले मिति २०७३ साल कात्तिक २४ गते भित्र सर्म्पर्क गरी आवेदन दिनुहुन अनुरोध गरिन्छ ।
शर्तहरु -
• तालिममा सहभागी हुन इच्छुक व्यक्ति कम्तिमा एसएससी उत्तर्ीण्ा गरेको नेपाली नागरिक हुनुपर्नेछ ।
• सहभागीलाई खाना, खाजा र आवासको व्यवस्था आयोजकलेे गर्नेछ ।
• तालिमका उत्कृष्ट सहभागीलाई काम गर्ने अवसर दिइनेछ ।
• सहभागिलाई प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
• आवेदन शुल्क रु. ५,०००।- मात्र लाग्नेछ ।

थप जानकारीका लागि - तीनजुरे टाइम्स दैनिकको कार्यालय, म्याङलुङ्ग नगरपालिका-१, लोकतान्त्रिक चोक, तेह्रथुम, फोन - ०२६-४६०१५०
• अध्यक्ष, प्रबन्ध निर्देशक तथा सम्पादक - उद्धव तिम्सीना ९८५२०५३१९९
• कार्यकारी सम्पादक - प्रकाश धौलाकोटी ९८५२०६०९०८
• कोषाध्यक्ष- दिपक कट्टेल ९८५२०५०२०९